मेधावी विद्यार्थीलाई छात्रवृत्ति तथा वरिष्ठ नागरिकलाई सम्मान
देहरादून। गोर्खाली सुधार सभा रायपुर शाखाको वार्षिक अधिवेशन शाखा अध्यक्ष कुशल कुमार बोहराको अध्यक्षतामा दुर्गा मन्दिर, किद्दुवाला रायपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सुरुवातमा शाखा अध्यक्ष श्री कुशल कुमार बोहरा तथा उपाध्यक्ष रणवीर सिंह थापाले प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन क्षेत्री, उपाध्यक्ष पूजा सुब्बा चन्द, सचिव मधुसूदन शर्मा तथा मिडिया प्रभारी प्रभा शाहलाई स्वागत तथा सम्मान गरेका थिए। त्यसपछि शाखा सचिव नारायण गिरिले शाखाले गरेका कार्य तथा उपलब्धिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष मणिराम गिरिले शाखाको आय–व्ययको विस्तृत विवरण प्रस्तुत गरेका थिए। यस अवसरमा कर्नेल सीबी थापा तथा योगेश्वर गुरुङले आफ्ना विचार व्यक्त गरेका थिए। केन्द्रीय पदाधिकारीहरूले गोर्खाली सुधार सभाको कार्य, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी गराएका थिए।
मेधावी विद्यार्थीलाई छात्रवृत्ति वितरण
केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन क्षेत्रीद्वारा शाखाका मेधावी छात्र–छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा तनीषा गुरुङ, शाश्वत गिरि, सरोज खत्री, आदिरा कार्की, आरिनी कार्की, सौम्या गुरुङ, अंकुश शाही, आरव गुरुङ, मन्नत थापा, निहारिका क्षेत्री, श्रुति गुरुङ, सारांशी क्षेत्री, आकाश थापा, धर्मेन्द्र थापा, अक्षिता क्षेत्री, कृति थापा, नव्य प्रसाद गौतम, उत्कर्ष बोहरा, आर्यन रावत, भावना थापा, वरुणिता थापा, ख्याति थापा, आहना क्षेत्री, तान्या गुरुङ, कोहिनूर थापा, उर्वशी बोहरा, निधि गुरुङ, मनीषा खत्री तथा आरुषि क्षेत्री रहेका छन्।
वरिष्ठ नागरिक सम्मान
कार्यक्रममा वरिष्ठ नागरिकहरू योगेश्वर गुरुङ, सूरज सिंह थापा तथा कमला थापालाई सम्मान गरिएको थियो। साथै शाखाकी विमला भूषाललाई आर्थिक सहयोग पनि प्रदान गरिएको थियो। केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन क्षेत्रीले शाखा अध्यक्ष कुशल कुमार बोहरा तथा सम्पूर्ण शाखा परिवारको सक्रियता र सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा व्यक्त गरे। उनले भाषा संरक्षणप्रति जागरूक रहन तथा बालबालिकालाई उच्च शिक्षातर्फ अग्रसर गराउन सबैलाई आग्रह गरे। कार्यक्रममा सुख बहादुर क्षेत्री, दीपक कुमार बोहरा, महेश गिरि, सोमनाथ गिरि, नारायण सिंह क्षेत्री, मोहन सिंह क्षेत्री, उषा जी लगायत शाखाका वरिष्ठ व्यक्तित्व, अभिभावक, मातृशक्ति तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
