• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
…के प्रधानमन्त्री मोदीको अपिलको असर देखिन थाल्यो?

मोदीले तोडे नेहरूको ऐतिहासिक रेकर्ड, निर्वाचित प्रधानमन्त्रीका रूपमा पूरा गरे १२ वर्ष

June 10, 2026
सीएम की उपस्थिति में आयोजित ‘सेवा सुशासन एवं समर्पण’ जन-संवाद शिविर में 7,472 लोगों ने किया प्रतिभाग 

सीएम की उपस्थिति में आयोजित ‘सेवा सुशासन एवं समर्पण’ जन-संवाद शिविर में 7,472 लोगों ने किया प्रतिभाग 

July 16, 2026

Rap group call out publication for using their image in place of ‘gang’

June 12, 2026

Meet the woman who’s making consumer boycotts great again

June 11, 2026

New campaign wants you to raise funds for abuse victims by ditching the razor

June 10, 2026

Twitter tweaks video again, adding view counts for some users

June 9, 2026
मणिपुरमा चर्च नेताहरूको हत्या : हिंसा, तनाव र राष्ट्रिय राजमार्ग बन्द

इन्डिया गठबन्धनको बैठकमा पाँच मुद्दामा सहमति, शिक्षा मन्त्रीको राजीनामा माग

June 8, 2026
इन्डिया ब्लॉकको बैठकपछि खड्गेको घोषणा, हामी लड्छौं र अघि बढ्छौं

इन्डिया ब्लॉकको बैठकपछि खड्गेको घोषणा, हामी लड्छौं र अघि बढ्छौं

June 8, 2026
झुटा मुद्दाप्रति सर्वोच्च अदालतको चिन्ता, पोक्सो ऐनको दुरुपयोग अस्वीकार्य

बिना विवाह सहमतिमा बनेको सम्बन्धलाई खराब चरित्रको आधार बनाउन मिल्दैन : SC

June 8, 2026

A beginner’s guide to the legendary Tim Tam biscuit, now available in America

June 8, 2026

India is bringing free Wi-Fi to more than 1,000 villages this year

June 7, 2026
खानेपानी संकटविरुद्ध नागेश्वर–डाकरा बासिन्दाको विरोध, क्यान्टोनमेन्ट कार्यालयमा प्रदर्शन

खानेपानी संकटविरुद्ध नागेश्वर–डाकरा बासिन्दाको विरोध, क्यान्टोनमेन्ट कार्यालयमा प्रदर्शन

June 6, 2026
मणिपुरमा चर्च नेताहरूको हत्या : हिंसा, तनाव र राष्ट्रिय राजमार्ग बन्द

नेपालका विदेशमन्त्री शिशिर खनाल दिल्लीमा, द्विपक्षीय सम्बन्धका सबै पक्षमा हुने छलफल

June 6, 2026
  • About
  • About Us
  • Blog
  • Contact Us
  • Home 1
    • #598 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
Thursday, September 3, 2026
  • Login
Amar Gatha
No Result
View All Result
Amar Gatha
No Result
View All Result
Home National

मोदीले तोडे नेहरूको ऐतिहासिक रेकर्ड, निर्वाचित प्रधानमन्त्रीका रूपमा पूरा गरे १२ वर्ष

by Amar Gatha
June 10, 2026
in National
0
…के प्रधानमन्त्री मोदीको अपिलको असर देखिन थाल्यो?
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचित प्रधानमन्त्रीका रूपमा १२ वर्ष पूरा गर्दै जवाहरलाल नेहरूको ऐतिहासिक रेकर्ड तोडेका छन्। यस अवसरमा एनडीएले दिल्लीमा विशेष बैठक आयोजना गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४३९९ दिन पूरा गर्दै जवाहरलाल नेहरूको रेकर्ड तोडेका छन्। यस अवसरमा एनडीएले दिल्लीमा उच्चस्तरीय बैठक आयोजना गरेको छ

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राजनीतिक इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। मोदी नेतृत्वको केन्द्र सरकारले १२ वर्ष पूरा गरेसँगै उनले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको एक ऐतिहासिक रेकर्ड तोडेका हुन्।

निर्वाचित प्रधानमन्त्रीका रूपमा नेहरू ४ हजार ३९८ दिन पदमा रहेका थिए। मोदीले ४ हजार ३९९ दिन पूरा गर्दै उक्त रेकर्ड आफ्नो नाममा दर्ज गराएका छन्। यससँगै उनी स्वतन्त्र भारतमा निर्वाचनमार्फत चुनिएर सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने नेता बनेका छन्।

मोदी सरकारले १२ वर्ष पूरा गरेको अवसरमा भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। यही क्रममा नयाँ दिल्लीस्थित भारत मण्डपममा एनडीएको उच्चस्तरीय बैठक बसेको छ।

बैठकमा एनडीए आबद्ध ३५ दलका करिब ७५ जना वरिष्ठ नेताको सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्री, उपमुख्यमन्त्री, क्षेत्रीय दलका अध्यक्ष तथा गठबन्धनका प्रमुख नेताहरू सहभागी भएका छन्। रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा तथा केन्द्रीय मन्त्री शिवराज सिंह चौहानलगायत शीर्ष नेताहरू बैठकमा उपस्थित छन्। त्यस्तै, एनडीएका सहयोगी दलका नेताहरू के. राम मोहन नायडू, राजीव रञ्जन सिंह, एचडी कुमारस्वामी र अनुप्रिया पटेल पनि कार्यक्रममा सहभागी भएका छन्। बैठकमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण तथा सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यबारे छलफल भइरहेको बताइएको छ। साथै, जनजीवन सहज बनाउने, व्यवसायिक वातावरण सुधार गर्ने तथा राष्ट्रिय विकासका ठूला पूर्वाधार आयोजनाको प्रगतिबारे समीक्षा गरिने एजेन्डा तय गरिएको छ। हालै मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री मोदीले सरकार सन् २०१४ देखि सत्तामा रहे पनि अबको ध्यान भविष्यका लक्ष्य र जनकल्याणका कार्यक्रमतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए। बैठकका क्रममा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले प्रधानमन्त्री मोदीको नेतृत्व र उपलब्धिको प्रशंसा गर्दै विशेष बधाई प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उक्त प्रस्तावलाई नागाल्यान्डका मुख्यमन्त्री नेफ्यु रियोले समर्थन गर्ने बताइएको छ। प्रस्ताव पारित भएपछि प्रधानमन्त्री मोदीले एनडीएका नेताहरूलाई सम्बोधन गर्दै आगामी रणनीति र विकासको मार्गचित्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचित प्रधानमन्त्रीका रूपमा १२ वर्ष पूरा गर्दै जवाहरलाल नेहरूको ऐतिहासिक रेकर्ड तोडेका छन्। यस अवसरमा एनडीएले दिल्लीमा विशेष बैठक आयोजना गरेको छ।

Related

Tags: Amar Gatha NewsNepali Newsअमित शाहएनडीएचन्द्रबाबु नायडूजवाहरलाल नेहरूजेपी नड्डानरेन्द्र मोदीभाजपाभारतभारत मण्डपमभारत समाचारभारतीय राजनीतिमोदी सरकारराजनाथ सिंह
Share196Tweet123Share49
Amar Gatha

Amar Gatha

  • About
  • About Us
  • Blog
  • Contact Us
  • Home 1
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5

Copyright@AMAR GATHA (Nepali web Portal) Mob: 0917310558516

No Result
View All Result
  • Home
    • NATIONAL
    • Home – Layout 2
  • News
  • Tech
  • Entertainment
  • Lifestyle

Copyright@AMAR GATHA (Nepali web Portal) Mob: 0917310558516

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Loading Comments...