देहरादून। गोर्खाली सुधार सभाको गंगोल पण्डितवाडी शाखाको वार्षिक अधिवेशन आज २७ मे २०२६ मा शाखा अध्यक्ष Sapna Malla को अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको प्रारम्भमा शाखा अध्यक्षले प्रमुख अतिथि तथा गोर्खाली सुधार सभाका केन्द्रीय अध्यक्ष Padam Singh Thapa, केन्द्रीय उपाध्यक्ष श्रीमती पूजा सुब्बा चन्द तथा महामन्त्री Gopal Chhetri लाई स्वागत तथा सम्मान गरेकी थिइन्।
त्यसपछि शाखा उपाध्यक्ष Suresh Singh Khatri ले विगत वर्षका गतिविधि तथा आय–व्ययको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूले गोर्खाली सुधार सभाले गर्दै आएका सामाजिक कार्य, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी दिएका थिए।
यस अवसरमा केन्द्रीय अध्यक्ष पदम सिंह थापाले शाखाका मेधावी छात्र–छात्रालाई छात्रवृत्ति वितरण गरेका थिए। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा तनिषा थापा, महक थापा, प्रार्थना गुरुङ, तुषार खत्री, नैना थापा तथा ईशा थापा रहेका छन्।
त्यस्तै वरिष्ठ समाजसेवी Krishna Bahadur Chhetri लाई समाज सेवा सम्मान प्रदान गरिएको थियो भने सन्तोषी थापालाई ज्येष्ठ नागरिक सम्मानद्वारा सम्मानित गरिएको थियो।
केन्द्रीय अध्यक्षले शाखाका श्री भक्त बहादुर तथा गंगा देवीलाई आर्थिक सहयोगसमेत प्रदान गरेका थिए।
कार्यक्रममा केन्द्रीय अध्यक्षले शाखा अध्यक्ष सपना मल्ल तथा शाखाले सञ्चालन गरिरहेका सामाजिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सक्रियताको अपेक्षा व्यक्त गरे।
यस अवसरमा ग्राम प्रधान विक्रम लाटरी, मेजर पी.बी. गुरुङ, पूर्व ग्राम प्रधान अमिता थापा, माया राना, बिमला देवी, पूनम थापा लगायत शाखाका वरिष्ठ सदस्य, मातृशक्ति, युवा तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
